+977-1-442 0530, +977-1-443 3231
info@orbitmbbs.com
Putalisadak, Kathmandu, Nepal

Nepalese Army Institute of Health Sciences

नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सम्बन्धि परिपत्र

१. कल्याणकारी योजना निर्देशनालय अन्तर्गत निकट भविष्यमानै नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (Nepalese Army Institute of Health Sciences-NAIHS) संचालनमा ल्याउने योजना अनूरुप उक्त संस्थान अन्तर्गत College of Medicine भण्डारखाल (काठमाण्डौ) र College of Nursing, महांकालस्थान (काठमाण्डौ) मा संचालनमा ल्याउने योजना अनूसार उक्त College हरुमा अध्यापन गराईने विद्यार्थीहरुको संख्या (कोटा निर्धारण) तथा शिक्षण शूल्कको विवरण निम्न अनूसार रहेको हुदाँ वहालवाला तथा अवकाश प्राप्त सकल दर्जाहरुलाई परिपत्र गरि पुर्व जानकारी दिन आवश्यक देखिएको ब्यहोरा अनूरोध।

२. MBBS तथा Nursing संकाय तर्फको कोटा बितरण. हाल PCL Nursing मा जम्मा ४० (चालिस) कोटा प्राप्त भएको हुदाँ सोही अनूसार र अन्य संकाय तर्फको कोटा के कति प्राप्त हूने भन्ने यकिन भईनसकेको र संस्थान अन्तरगत संचालन हूने महाविद्यालय (College) हरुको अन्तिम स्वीकृति सम्बन्धि प्रकृया सम्पन्न भएपछि मात्र यकिन जानकारी गराईने छ । नेपाली सेना, भु.पु. सैनिक, संस्थानका कर्मचारी लगायतका ब्यक्तिहरुको छोरा वा छोरीको निमित्त देहायको संख्यामा कोटा निर्धारण गरिएको छ ।

सि.नं.

विवरण

आधार प्रतिशत -+/-_

MBBS संकाय तर्फ

Nursing संकाय तर्फ

कैफियत

पहिलो फेज १०० जना
(पहिलो बर्षको लागि प्रस्तावित)

दोश्रो फेज
१५० जना
(आगामी वर्षहरुको लागि प्रस्तावित)

PCL ४० जना

BN ४० जना (प्रस्तावित)

BSc
३० जना (प्रस्तावित)

नेपाल सरकारको नियम अनुसार हुने

१०%

१०

१५

-

सहुलियत/छात्रवृत्ति नेपाली सेनाको लागि

१५%

१५

२३

बर्ग तथा दर्जा अनुसार पूर्ण तथा आंशिक छुट

स-शुल्क खुल्ला प्रतिस्पर्धा

७५%

७५

११२

२८

३२

२२

जम्मा

१००%

१००

१५०

४०

४०

३०

३. नेपाली सेनाको लागि सहुलियत/छात्रवृत्ति कोटाको विस्तृत विवरण (१५% लाई १००% मा आधार लिदा)

सि.नं.

विवरण

आधार प्रतिशत -+/-_

MBBS संकाय तर्फ

Nursing संकाय तर्फ

कैफियत

पहिलो फेज १०० जना
(पहिलो बर्षको लागि प्रस्तावित)

दोश्रो फेज
१५० जना
(आगामी वर्षहरुको लागि प्रस्तावित)

PCL ४० जना

BN ४० जना (प्रस्तावित)

BSc
३० जना (प्रस्तावित)

सहुलियत/छात्रवृत्ति नेपाली सेनाको लागि

१००%

१५

२३

बहालवाला तर्फ

क. अधिकृत

३.५%

५०%  छुट

ख. पदिक

४.५%

६५% छुट

ग. अन्य दर्जा

५९%

१३

८०%  छुट

जम्मा

६७%

१५

अवकाश प्राप्त

क. सकल दर्जा

३२.२%

दर्जागत छुट

ख. वीरगती प्राप्त

०.७५%

१००% छुट

कर्तव्यपालनाको शिलशिलामा मृत्यु, शतप्रतिशत अशक्त (सहराको जरुरत पर्ने)

०.०७%

१००% छुट

संस्थानको कर्मचारीहरुको लागि

-

-

-

-

५०% छुट

जम्मा

३३.०२%

 

अन्यदर्जा (नेपाली सेना) पूर्ण छात्रवृत्ति

-

-

-

१००% छुट

कुल जम्मा

१००%

१५

२३

४.   स-शुल्क खुल्ला प्रतिस्पर्धा तर्फको कोटाको बिस्तृत विवरण (७५% लाई १००% मा आधार लिदा)

सि.नं.

विवरण

आधार प्रतिशत -+/-_

MBBS संकाय तर्फ

Nursing संकाय तर्फ

कैफियत

पहिलो फेज १०० जना
(पहिलो बर्षको लागि प्रस्तावित)

दोश्रो फेज
१५० जना
(आगामी वर्षहरुको लागि प्रस्तावित)

PCL ४० जना

स-शुल्क खुल्ला प्रतिस्पर्धा

१००%

७५

११२

२८

३२

२२

 

क. नेपाली सेना तर्फ

४५%

३४

५०

१३

१४

१०

ख. गैह्र सैनिक तर्फ

४५%

३४

५०

१३

१४

१०

ग. विदेशी तर्फ

१०%

१२

जम्मा

१००%

७५

११२

२८

३२

२२

५. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थानबाट प्रदान गरिने सहूलियत तथा शुल्क विवरण नेपाली सेना स्वँस्थ्य विज्ञान संस्थान अन्तर्गत College of Medicine मा संचालन हूने MBBS संकाय र College of Nursing मा संचालन हूने PCL Nursing, BN तथा BSc Nursing संकायहरुमा अध्यापन गराईने विद्यार्थीहरुको शिक्षण शूल्क बारे जानकारी पछि गराईने छ । साथै पुर्ण/आंशिक छात्रवृत्ति सम्बन्धी विवरण निम्न अनूसार रहेको छ ।

(क) MBBS संकाय तर्फ (पहिलो फेज)

(१) बहालवाला अधिकृतको लागि (कोटा १) मा ५०% छूट हूने।
(२) बहालवाला पदिकको लागि (कोटा १) मा ६५% छूट हूने।
(३) बहालवाला अन्य दर्जाको लागि (कोटा ७) मा ८०% छूट हूने।
(४) अवकाश प्राप्त तर्फ छूट्टाईएको (सकल दर्जा कोटा ३) मा परीक्षामा प्राप्त नतिजाको मर्यादाक्रमको आधारमा जूनसूकै दर्जाका व्यक्तिले स्वतः उक्त कोटामा भर्ना हून पाउने । शूल्क तिर्दा भने आ-आफनो साविक दर्जा अनूरुपको वर्गिकरणँ अनूसारको सहूलियत शूल्कको प्रतिशतको आधारमा हूनेछ । साथै वीरगती प्राप्त (कर्तव्य पालनाको शिलसिलामा मृत्यू हूने समेत) र सत प्रतिशत असक्तबृत्ति प्राप्त (सहाराको जरुरत पर्ने सैनिकका) आश्रित छोरा/छोरीको लागि (कोटा २) पुर्ण छात्रवृत्ति ।
(५) संस्थानको कर्मचारीहरुको लागि आरक्षित कोटा १ मा ५०% छूट हूने।
(६) भर्ना, रजिष्ट्रेशन तथा अन्य शूल्क भने सबैले संस्थानले तोकिए अनूसार तिर्नू पर्नेछ ।
(७) शिक्षा मन्त्रालय/CTEVT को लागि (कोटा १०) छात्रवृत्तिमा प्रदान हूने । कोटा वितरण नेपाल सरकारको नीति बमोजिम हूनेछ ।

(ख) PCL Nursing

(१) बहालवाला अधिकृतको लागि (कोटा १) मा ५०% छूट हूने।
(२) बहालवाला पदिकको लागि (कोटा १) मा ६५% छूट हूने।
(३) बहालवाला अन्य दर्जाको लागि (कोटा २) मा ८०% छूट हूने।
(४) अवकाश प्राप्त तर्फ छूट्टाईएको (कोटा २) मा परीक्षामा प्राप्त नतिजाको मर्यादाक्रमको आधारमा जूनसूकै दर्जाका व्यक्तिले स्वतः उक्त कोटामा भर्ना हून पाउने । शूल्क तिर्दा भने आ-आफनो साविक दर्जा अनूरुपको वर्गीकरणँ अनूसारको सहूलियत शूल्कको प्रतिशतको आधारमा हूनेछ । साथै वीरगती प्राप्त (कर्तव्य पालनाको शिलसिलामा मृत्यू हूने समेत) र सत प्रतिशत असक्तबृत्ति प्राप्त (सहाराको जरुरत पर्ने सैनिकका) आश्रित छोरा/छोरीको लागि भने पुर्ण छात्रवृत्ति पाउने।
(५) नेपाली सेनाका अन्य दर्जाहरुको लागि (कोटा २) पुर्ण छात्रवृत्ति।
(६) भर्ना, रजिष्ट्रेशन, तथा अन्य शुल्क भने सबैले संस्थानले तोकिए अनूसार तिर्नू पर्नेछ ।
(७) शिक्षा मन्त्रालय/CTEVT को लागि (कोटा ४) पुर्ण छात्रवृत्ति । कोटा तथा छात्रबृत्ति वितरण प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT), सानोठिमी, भक्तपूरको “भर्ना सम्बन्धि निर्देशिका २०६८” बमोजिम हूनेछ ।

(ग) BN Nursing

(१) बहालवाला अधिकृतको लागि (कोटा १) मा ५०% छूट हूने।
(२) बहालवाला पदिकको लागि (कोटा १) मा ६५% छूट हूने।
(३) बहालवाला अन्य दर्जाको लागि (कोटा ३) मा ८०% छूट हूने।
(४) अवकाश प्राप्त तर्फ छूट्टाईएको (कोटा २) मा परीक्षामा प्राप्त नतिजाको मर्यादाक्रमको आधारमा जूनसूकै दर्जाका व्यक्तिले स्वतः उक्त कोटामा भर्ना हून पाउने। शूल्क तिर्दा भने आ-आफनो साविक दर्जा अनूरुपको वर्गीकरणँ अनूसारको सहूलियत शूल्कको प्रतिशतको आधारमा हूनेछ साथै वीरगती प्राप्त (कर्तव्य पालनाको शिलसिलामा मृत्यू हूने समेत) र सत प्रतिशत असक्त बृत्ति प्राप्त (सहाराको जरुरत पर्ने सैनिकका) आश्रित छोरा/छोरीको लागि भने पुर्ण छात्रवृत्ति पाउने ।
(५) भर्ना, रजिष्ट्रेशन, तथा अन्य शुल्क भने सबैले संस्थानले तोकिए अनूसार तिर्नू पर्नेछ ।
(६) नेपाली सेनाका अन्य दर्जाहरुको लागि (कोटा १) पुर्ण छात्रवृत्ति।

(घ ) BSc Nursing

(१) बहालवाल सकल दर्जा तर्फ छूट्टाईएको (कोटा २) मा परीक्षामा प्राप्त नतिजाको मर्यादाक्रमको आधारमा जूनसूकै दर्जाका व्यक्तिले स्वतः उक्त कोटामा भर्ना हून पाउने। शूल्क तिर्दा भने आ-आफनो साविक दर्जा अनूरुपको वर्गीकरणँ अनूसारको सहूलियत शूल्कको प्रतिशतको आधार अनूसार हूनेछ ।
(२) अवकाश प्राप्त सकल दर्जा तर्फ छूट्टाईएको (कोटा २) मा परीक्षामा प्राप्त नतिजाको मर्यादाक्रमको आधारमा जूनसूकै दर्जाका व्यक्तिले स्वतः उक्त कोटामा भर्ना हून पाउने। शूल्क तिर्दा भने आ-आफनो साविक दर्जा अनूरुपको वर्गीकरणँ अनूसारको सहूलियत शूल्कको प्रतिशतको आधारमा हूनेछ । साथै वीरगती प्राप्त (कर्तव्य पालनाको शिलसिलामा मृत्यू हूने समेत) र शत प्रतिशत असक्त बृत्ति प्राप्त (सहाराको जरुरत पर्ने सैनिकका) आश्रित छोरा/छोरीको लागि भने पुर्ण छात्रवृत्ति पाउने।
(३) नेपाली सेनाका अन्य दर्जाहरुको लागि (कोटा १) पुर्ण छात्रवृत्ति।
(४) भर्ना, रजिष्ट्रेशन, तथा अन्य शुल्क भने सबैले संस्थानले तोकिए अनूसार तिर्नू पर्नेछ ।
(५) शिक्षा मन्त्रालय/CTEVTको लागि (कोटा ३) पुर्ण छात्रवृत्ति। कोटा वितरण नेपाल सरकारको नीति बमोजिम हूनेछ ।

(ङ) वीरगती प्राप्त (कर्तव्य पालनाको शिलसिलामा मृत्यू हूने समेत) र सत प्रतिशत असक्त बृत्ति प्राप्त सहाराको जरुरत पर्ने सैनिकका आश्रित छोरा/छोरीको लागि पुर्ण छात्रवृत्ति उपलब्ध हूने भएता पनि रजिष्ट्रेशन र भर्ना शूल्क आफैले बेहोर्नू पर्नेछ ।

(च) बहालवाला तथा अवकाश प्राप्त तर्फ छूट्टाईएको वर्ग तथा दर्जा अनूसारको सहूलियत कोटामा भर्ना हूने विद्यार्थीहरुको आवेदन नपरेमा परीक्षामा प्राप्त नतिजाको मर्यादाक्रमको आधारमा जूनसूकै दर्जाका व्यक्तिले स्वतः उक्त कोटामा भर्ना हून पाउने। शूल्क तिर्दा भने आ-आफनो साविक दर्जा अनूरुपको वर्गीकरणँ अनूसारको सहूलियत शूल्कको प्रतिशतको आधारमा हूनेछ ।

(छ) स-शूल्क ७५% मध्यको कोटा तर्फ नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त तर्फको ४५% कोटामा शिक्षार्थी भर्ना हून नआई खाली हून गएको कोटामा स्वतः खूल्ला प्रतिस्पर्धाबाट मर्यादाक्रम अनूसार विद्यार्र्थी भर्ना लिईने छ ।

(ज) नेपाली सेनाको आंशिक तथा पुर्ण छात्रवृत्ति तर्फको कोटामा त्रि.बि.बि.द्वारा संचालित परीक्षामा उत्तिर्ण शिक्षार्थी कोटा भन्दा कम भएमा खूल्ला प्रतिस्पर्धा (स्वदेशी तथा विदेशी नागरिक) तर्फबाट भर्ना लिईने छ । शूल्कको हकमा स्वदेशी तथा बिदेशी नागरिकको लागि तोकिएको शूल्क दर अनूसार नै हूनेछ ।

(झ) बिदेशी शिक्षार्थीहरुको लागि आरक्षित कोटाहरुमा सम्बन्धितबाट भर्ना निवदेन पर्न नआएमा स्वतः खूल्ला प्रतिस्पर्धा तर्फबाट मर्यादाक्रम अनूसार भर्ना लिईने छ ।

(ञ) नेपाल सरकार शिक्षा मन्त्रालयको लागि छूट्टाईएको पुर्ण/सहूलियत छात्रवृत्ति कोटाको अलावा नेपाली सेनामा कार्यरत अन्य दर्जाको लागि नर्सिङ संकाय प्रविणता प्रमाण पत्र (PCL) तहको लागि वार्षिक सहूलियत (कोटा २) छूट्टाएको छ । जसमा अन्तरिक परीक्षाद्वारा ईच्छूक उम्मेदवार मध्ये ५ (पाँच) जनालाई प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद CTEVT को परीक्षामा समावेश गरी उत्तिर्ण भएका मध्य मर्यादाक्रम अनूसार २ (दूई) जनालाई छनौट गरिने छ ।

(ट) गैह्र सैनिक विद्यार्थीहरुले अध्ययनको लागि लाग्ने सम्पुर्णँ शूल्क एकै पटक बूझाउनू पर्नेछ भने नेपाली सेनाका बहलावाला तथा अवकाश प्राप्त तर्फको विद्यार्थीहरुले एकै पटक वा निम्न अनूसारको किस्ताबन्दीमा बूझाउँन सक्नेछन् ।

(१) शूरुमा भर्ना हुदाँ सम्पुर्ण शूल्क एकै पटक बूझाउँन सकिने छ । वा
(२) शूरुमा भर्ना हुदाँ ४०% अनिवार्य बूझाउँने।
(३) बाँकी ६०% शैक्षिक शत्रको प्रत्येक वर्षको शूरुमा ४x१५% को दरले बूझाउँनू पर्नेछ ।
(४) किस्तावन्दीमा बाँकी ६०% शैक्षिक शूल्क बूझाउँदा १०% थप ब्याज लाग्नूका साथै बिलम्ब शूल्क तोके बमोजिम लाग्ने छ ।

६. नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान अन्तरगत संचालन हूने College of Medicine अन्तरगत संचालन हूने : MBBS संकाय र College of Nursing अन्तरगत संचालन हूने BSc र BN (Nursing) मा भर्ना हून चाहने बहालमा रहेका सैनिक एवं भुतपुर्व सैनिकका योग्यता पूगेका छोरा वा छोरीले समेत अन्य सर्वसाधारण सरह अनिवार्य रुपमा Tribhuvan University, Institute of Medicine (IOM) ले लिने भर्ना परिक्षा उत्तिर्ण भएको हूनू पर्नेछ । त्यसै गरी College of Nursing को प्रविणता प्रमाण पत्र (PCL) तहमा भर्ना हून चाहने वहालवाला सैनिक एवं भुतपुर्व सैनिकका योग्यता पूगेका छोरा वा छोरीले अनिवार्य रुपमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT), सानोठिमीबाट लिईने प्रवेश परिक्षा उत्तिर्ण भएको हूनू पर्नेछ । ७. Tribhuvan University, Institute of Medicine (IOM) र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद (CTEVT), सानोठिमीबाट लिईएको प्रवेश परिक्षामा उत्तिर्ण भएका ब्यक्तिहरुलाई College of Nursing र College of Medicine मा भर्ना हून आवश्यक पर्ने भर्ना आबेदन फारम सम्बन्धित College (College of Nursing) र College of Medicine बाट उपलब्ध गराईने छ । त्यसरी उत्तिर्ण भई आएका ब्यक्तिलाई मर्यादाक्रमः अनूसार तोकिएको कोटामा भर्ना लिईने छ । ८. उपरोक्त सम्बन्धमा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान सम्बन्धि थप जानकारी कल्याणकारी योजना निर्देशनालयको प.सं.१४२३२/कार्य/६/०६८/६९/२११, मिति २०६८/०५/०६ गतेको पत्र साथ प्रेशित उक्त संस्थानको विधान २०६८ (कल्याणकारी -००५/०६८) र कार्यविधि २०६८ (कल्याणकारी-००६/०६८) बाट विस्तृत जानकारी लिन सकिने व्यहोरा समेत अनूरोध गरिन्छ ।

pahs_model

Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.
Welcome to Exclusive Class for PAHS: Welcoming You All   Every Day New Section. We Never Stops Exploring.

adsOrbitGC